दफा ८६
बिभागको काम, कर्तव्य र अधिकार; (१) ऐनमा उल्लेख गरिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त
.विभागको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) विभागमा _ परेका उजुरीको प्रारम्भिक छानबिन गर्न विभागको वरिष्ठत्तम अधिकृतको संयोजकत्वमा उपसमिति गठन गरी उजुरी उपरको छानबिन गर्ने,

(ख) अनुसन्धानलाई प्रभावकारी बनाउन समान प्रकृतिको काम गर्ने वा अन्य अनुसन्धानकारी निकाय, नियामक निकाय वा अन्य सार्वजनिक निकायसँग आपसी समझदारीपत्रमा हस्ताक्षर, सोमा समायानुकूल अच्चावधिक गर्ने र सोको नियमित समीक्षा गर्ने,

(ग) ऐनको दफा १२ को उपदफा (३) बमोजिम विदेशी समकक्षी निकायसँग आपसी समझदारी कायम गर्ने,

(घ) ऐनको दफा १५ को उपदफा (२) बमोजिम सम्बन्धित निकायलाई सुझाव दिँदा कसूरको प्रकृति, गाम्भीर्यता, कसूरको असर, जोखिम, अन्तरदेशीय सहायता आवश्यक पर्ने वा नपर्ने कुरालाई समेत विचार गरी सुझाव दिने,

(ङ) ऐनको दफा १४क. को उपदफा (३) र दफा १५ को उपदफा (२) बमोजिम संयुक्त अनुसन्धान टोली गठन गर्दा ऐन तथा यस नियमावलीमा उल्लेख भएको अतिरिक्त संयुक्त अनुसन्धान टोलीको कार्य, क्षेत्रगत सर्त; : अनुसन्धानको तरिका, अनुसन्धान सम्पन्न गर्नु पर्ने समयावधि लगायतका विषय निर्धारण गर्ने,

(च) ऐनको दफा १३ बमोजिम विभागमा प्राप्त जानकारी वा उजुरीको दर्ता किताबको ढाँचा निर्धारण गर्ने,

(छ) ऐनको- दफा १५ को उपदफा (१) बमोजिम प्राप्त जानकारीको अभिलेख राख्ने र वार्षिक प्रतिवेदनमा समेत समावेश गरी प्रकाशन गर्ने,

(ज) अनुसन्धानकारी निकायसँग निरन्तर अन्तरक्रिया, छलफल र बैठक तथा क्षमता विकास लगायतका कार्यक्रम आयोजना गरी सम्पत्ति शुद्धीकरण निवारण प्रणाली सम्बन्धमा व्यावसायिकता अभिवृद्धि गर्न सहयोग गर्ने,

(झ) सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरको अनुसन्धानमा प्रयोग हुने विशेष अनुसन्धान विधिको सम्बन्धमा आवश्यक सुझाव दिने,

(ज) अनुसन्धानकारी निकायबाट अनुसन्धान तथा अभियोजन भएका सम्पत्ति शुद्दीकरणको कसूरसँग सम्बन्धित मुद्दाको लगत तथा ऐनको दफा २८ बमोजिमको अस्वाभाविक सम्पतिको विवरण : अध्यावधिक अभिलेख राखी प्रकाशन गर्ने।